अमेरिकन फौजी प्रकोप तथा नियन्त्रण बारे कृषकलाई विशेष सुझाव

– कृषि प्राविधिक अशोक रावल

अमेरिकन फौजी किरा (फल आर्मी) मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यो किरा ले अहिले बझाङ लगायत देश भरी विभिन्न जिल्ला कृषि लाई असाध्यै दु :ख दिएको पाइन्छ र बालीनाली र तरकारी मा उत्पादन अति किरावट ल्याएको देखिन्छ ।

यो राति चर्न मन पराउँछ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको पाइन्छ ।

यो किरा बालीका लागि निकै हानिकारक हुने गरेको छ । बालीमा क्षति पुर्‍याउने किराको लार्भाले हो । फौजी किराको लार्भा धेरै खन्चुवा हुन्छ । मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ ।

यसले मकै मात्रै नभई जुनेलो, धान, गहुँ, कोदो, उखु, बन्दा चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेँडा, आलु तथा अन्य घाँसमा पनि असर पुर्‍याउने गरेको छ ।

बालीनालीका लागि अहिलेसम्मकै खतरा मानिएको फौजी किराले ८० भन्दा बढी प्रकारका बालीनालीमा क्षति गर्ने गरेको अध्ययनले देखाएको छ ।

खाना र वासस्थानको खोजीमा यो किराको वयस्क पुतली एक दिनमा १ सय किलोमिटर र जीवनमा २ हजार किलोमिटरसम्म उडेर जान सक्छ । अमेरिका पछि अफ्रिकी महादेशको नाइजेरियामा सन २०१६ को जनवरीमा देखा परेको थियो । अहिले ४० भन्दा बढी अफ्रिकी मुलुकमा फैलिसकेको पाइन्छ । सन् २०१७ मा अफ्रिकाको मकै उत्पादन गर्ने १२ देशका ४ करोड जनसङ्ख्यालाई असर पारेको थियो । त्यस बखत मकै उत्पादनमा फौजी किराले ५३ प्रतिशत कमी ल्याएको थियो ।

सन २०१८ मा भारत, श्रीलङ्का, म्यानमार, भियतनाम, चीन, ताइवान, थाइल्यान्ड र बङ्गलादेशमा देखा परेको थियो ।

नेपालको तापक्रम र पानी पर्ने पद्धति फौजी किरालाई फैलिन र मौलाउन सहयोग पुग्ने कृषि तथा कीट वैज्ञानिकहरूको भनाइ छ ।

कसरी थाहा पाउने फौजी किराको प्रकोप

फौजी किराको लार्भा सुरुको अवस्थामा सेतो वा हल्का हरियो रङ्गको हुन्छ भने टाउको कालो हुन्छ । हुर्कँदै जाँदा लार्भाको शरीर साधरणतया खैरो रङ्गको हुन्छ । भने टाउको गाढा खैरो रङ्गको हुन्छ । पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटरको हुन्छ । लार्भाको जीवन १४ देखि २१ दिनको हुन्छ ।

अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने गर्दछ । जसले गर्दा पातहरूमा सेतो धब्बा देखिन्छन् । लार्भाहरू ठुलो हुँदै जाँदा पातहरूमा प्वाल देखिन्छ । लार्भाले खाँदै गर्दा आलो दिसा हुन्छ । पछि गुभोभित्र समेत पसेर खाइदिने गरेको छ । गुभो खोलेर हेर्दा लार्भा देखिन्छ । यसले मकैको धान जमरामा समेत क्षति गर्ने गरेको पाइएको छ । घोगा लागेपछि घोगा र दानासमेत खाएर सखाप पार्ने किसान भनाइ छ ।

नियमित अनुगमन जरुरी

मकै लगाएको ८/१० दिनमै यसले क्षति गर्ने भएकोले खेतबारीको नियमित अनुगमन गर्नुपर्ने विज्ञ बताउँछन् । पातको माथिल्लो भागहरूमा यो किराको पोथीले पारेका अण्डा देख्न सकिन्छ । त्यस्तो देखिए लगत्तै व्यवस्थापनको विधि सुरु गर्नुपर्छ ।

अण्डा देखिएमा त्यो भागलाई काटेर व्यवस्थापन गर्नुपर्ने ‘जसरी सर्प जाडोमा देखिँदैन, दुलोमा गएर बस्छ अरू किरा सुषुप्त अवस्थामा बस्छ तर फौजी किराको प्रकृति त्यस्तो छैन,’ भण्डारीले भने, ‘जुनसुकै मौसम र ठाउँमा फैलन सक्छ, हामीकहाँ आएको छैन भनेर ढुक्क भएर बस्न हुन्न । बालीको नियमित अनुगमन गर्नुपर्छ ।’

मकै रोप्नुअघि गहिरो गरेर खन जोत गर्ने ।

राम्रोसँग खोस्टाले घोगा छोपिने जातको मकै लगाउने ।

बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात् एक हप्ताभित्र रोप्ने ।

मकैमा कोसेबाली अन्तरबालीको रूपमा लगाउँदा किराको प्रकोप कम गर्न सकिन्छ ।

डेस्मोडियम घाँस यो किरालाई मन नपर्ने हुनाले मकैको बिचबिचमा यो घाँस लगाएर किरालाई धपाउने अनि छेउछेउमा किरालाई मन पर्ने नेपियर घाँस लगाएर किरालाई आकर्षित गर्ने आकर्षित भएका किरालाई विषादी प्रयोग गरी मार्ने ।

अण्डाहरू सङ्कलन गरेर नष्ट गर्ने ।

गुभोमा मसिनो माटो वा खरानी राख्दा पनि यसको नियन्त्रणमा सघाउँछ ।

हरियो खुर्सानी गाईको गहुँतमा पकाएर १ : १० को अनुपातमा पानी मिसाएर गुभोमा राख्दा पनि प्रभावकारी हुन्छ

सिफारिस अनुसारको मल प्रयोग गरेर बिरुवालाई स्वस्थ र बलियो बनाइ किराको प्रकोप सहन सक्ने पार्ने ।

मकैको पातमा सेता लाम्चा झिल्लीसहितका प्वाल अवस्थाको क्षतिको लक्षण देखा परेमा निमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम ५ मिलिमिटर प्रति लिटर पानीमा मिसाएर छर्ने ।

मकैको पातमा प्वाल परेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन बेन्जोएट ५ प्रतिशत एसजी ०.४ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने ।

विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल प्रयोग गर्ने र तयारी झोल गुभोमा पर्ने गरी छर्ने ।

एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्ने तथा घोगा लागिसकेपछि विषादी प्रयोग नगर्ने ।

जैविक विषादीको हकमा ब्याक्टेरियामा आधारित विषादी जस्तै महाशक्ति, डाइपेल २ मिलिमिटर वा २ ग्राम प्रति लिटर पानीमा राखेर छर्ने ।

अण्डाको परजीवी किरा ट्राइकोग्रामा वा टेलिनोमस नामक बारुला छोड्ने ।

मकैको पातमा प्वाल पारेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन वेन्जोयट ५ प्रतिशत एस.जी. ०.४ ग्राम, क्लोरान्ट्रानिलिप्रोल १८.५ प्रतिशत एस.जी. ०.४ मिलिलिट, स्पिनोस्याड ४५ प्रतिशत एसी ०ं३ मिल लिटर, स्पाइनेटोराम ११.७ प्रतिशत एस.सी ०.४ मिल लिटर प्रति लिटर पानीमा मिसाएर छर्ने

विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल गुभोमा समेत पर्ने गरी छर्ने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया