सरकार विरुद्ध कोरोना पछि तेस्रो जन आन्दोलन गरौला,अहिलेलाई बन्द गरौ सडक आन्दोलन

१२ जुन, नेपाल
कोरोनाको संक्रमण रोक्न बिज्ञहरुले सामाजिक दुरी कायम गर्न गरेको अनुरोधलाई धज्जी अडाउदै अहिले नेपालमा सडक आन्दोलन चलिरहेको छ।

कोरोनाको यो महामारीमा अहिलेको समय सडक आन्दोलनको होइन, डिजिटल आन्दोलनको हो।

यदी कसैले सक्छ भने सरकारी साइट ह्याक गरेर सरकारको भ्रस्टाचार सार्वजनिक गरोस। सरकारलाई कर नदिउ अन्दोलनका अनेक स्वरुप हुन्छन।

यदी आन्दोलनमा सहभागी कसैलाई कोरोना लाग्यो भने त्यो जिम्मेवारी कसले लिन्छ ? उपचार कसले गर्छ?

विगत केही समयदेखि विवेकशील पार्टी र साझा पार्टीको जनमत खस्किदो छ, आफ्नो जनमत बचाउन सोझा नेपाली जनताको जिन्दगीसग खेल्न कसले दियो उनीहरुलाई अधिकार ।

ल ठिक छ, सरकार खराब छ, भ्रष्टाचार गर्‍यो ….कोरोना महामारी पछि तेस्रो जनआन्दोलन गरौला, सरकारलाई घुडा टेकाउला, बिन्ती छ अहिले आन्दोलनको नाममा कोरोना फैलाउने काम नगरौ।

त्यसैगरी भोलि(शनिबार) संसदबाट लिपुलेक सम्बन्धित बिधेक पारित हुँदै छ, अरु विदेशीलाई देखाउन भए पनि अब केही समयलाई सडक आन्दोलन बन्द नगरौ।

विन्ती छ, कसैको मित्युको कारण नबनौ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया