मुख्यमन्त्री योगीको निवाससहित अन्य महत्वपूर्ण स्थानम बम प्रहार गर्ने धम्की

काठमाडौं । भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निवाससहित अन्य महत्वपूर्ण स्थानम बम प्रहार गर्ने धम्की दिइएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

कल सेन्टरमार्फत बम प्रहार गर्ने धम्की आएपछि मुख्यमन्त्रीको निवाससहितका स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।

आजतककाअनुसार स्थानीय प्रशासनले मुख्यमन्त्री निवास ५, कालीदासमार्ग क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

बम डिस्पोजल टोली तथा तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मीको टोलीले अनुसन्धान गरिरहेको छ ।,

हालैमात्रै मुख्यमन्त्री योगीलाई धम्की दिएको आरोपमा एक युवकलाई पक्राउ गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया