कुवेतबाट आइपुगे १५० नेपाली चेली

विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा आज कुवेतबाट दुवै जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका गरेका छन्।

एयरबस ए३२०–२५१एन दुई जहाजमा कुल ३ सय नेपालीहरु स्वदेश फर्किएका हुन्।

नेपाली महिला लिएर जजिरा एयरवेजका जहाजहरु नेपाल आएका हुन्। साढे ११ बजे आइपुगेको एयरवेजको पहिलो जहाज काठमाडौंबाट कुवेत फर्किएको छ भने अर्को जहाज भर्खरै विमानस्थलमा अवतरण गरेको हो।

अब उनीहरुलाई नेपाली सेनाले प्रदेश अनुसार होल्डिङ सेन्टरमा लानेछ।

त्यसपछि होटल क्वारेन्टिनमा बस्नेलाई होटलमा र अफ्नो घर फर्कनेलाई सम्बन्धीत प्रदेश तथा स्थानिय तहको समन्वयमा पठाइने छ। उनीहरु १४ दिन सरकारले निर्धारण गरेको क्वारेन्टिनमा बस्नुपर्नेछ।

कुवेतले बिनाजरिवाना स्वदेश फर्किन पाउने गरी अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखिएका नेपालीलाई आफ्नै खर्चमा दैनिक दुइटा विमानमार्फत नेपाल पठाउन नेपाल सरकारसमक्ष प्रस्ताव राखेको थियो।

अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ नेपाली छन्। तीमध्ये १ हजार ६ सय ८८ पुरुष र १ हजार ३ सय ३ महिला छन्।

कुवेत सरकारका अनुसार यी सबै नेपाली नेपाल फर्काउन कम्तीमा २० उडान गराउने तयारी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया