बाख्रा चराउन गएका चार बालबालिकाको रोल्पामा बम बिस्फोटमा परि मृत्यु

रोल्पामा बम विस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ। बिहीबार साँझ त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बेवारिसे बम विस्फोट भएको हो।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीका अनुसार बालबालिका बेबारिसे बम खेलाइरहेका बेला विस्फोट भएको हो। ‘बम जङ्गलमा कसले राखेको थियो र कहाँ थियो कसरी पाए भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन,’ अध्यक्ष ओलीले बताए । बालबालिका बाख्रा चराउन गएका थिए। मृत्यु हुनेमा ७ देखि ११ वर्ष उमेरका ३ बालक र १ बालिका रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया