असार १ गते ३६ हजार जहाज भाडा तिरेर ओमनबाट नेपाली स्वदेश फर्कने

९ जुन,नेपाल
ओमानबाट प्राथमिकतामा परेका नेपालीलाई लिएर जुन १५ अर्थात असार १ गते सलाम एअर नेपाल आउने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

नेपाल फर्कन चाहने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने भएकाले दूतवासले त्यस उडानमार्फत नेपाल फर्कन चाहने नेपालीले तोकिएको आफूलाई पायक पर्ने ठाउँमा कोरोना जाँच गराउन अनुरोध गरेको छ ।

कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि टिकटका लागि सलाम एअर कलसेन्टर २४२७२२२२ नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । थप केही जानकारी आवश्यक परे पनि यो नम्बरमा फोन गर्न सकिनेछ ।

नेपाल फर्कने नेपालीका लागि सलाम एअरले ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार एक सय ६ रुपैयाँ भाडा तोकिएको छ ।

पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वरेण्टीनमा बस्न नपर्ने र सिधै घर जान पाईने दूतावासले जनाएको छ । थप जानकारीका लागि ७१५९२४९०,७१५९२५०६ र ७१५३०८४० मा सम्पर्क गर्न सकिन्छ।
(उज्यालोबाट साभार)

फेसबुकबाट तपाईको प्रतिक्रिया