बुधबार यूएईबाट दुई वटा उडानमा ४०० नेपाली स्वदेश फर्किने

९ जुन, नेपाल
बुधबार यूएईबाट दुई वटा उडानमा करिब ४०० नेपाली स्वदेश आउने भएका छ्न।
उनीहरुलाई त्यहीँ कोरोना भाइरसको पीसीआर परीक्षण गर्न भनिएको छ ।
नेपालमा आएर उनीहरुलाई सम्बन्धित प्रदेशको क्वारेन्टिनमा १४ दिन राखिनेछ ।
यसअघि २३ जेठमा यूएईमा अलपत्र १६९ जना काठमाडौं आएका थिए ।
त्यसबेला यूएईस्थित नेपाली दूतावासले तोकेको सूचीका व्यक्तिभन्दा फरक व्यक्ति काठमाडौं आएपछि विवाद पनि भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया