बंगलादेशबाट जेठ ३२ गते २६५ जना स्वदेश फर्कदै, अन्य देशबाट पनि फर्कने तयारीमा

८ जुन,नेपाल
बंगलादेशबाट जेठ ३२ गते दुई सय ६५ जना नेपाली आउने टुंगो लागेको छ ।

ढाकास्थित नेपाली दूतावासका अनुसार पहिलो उडानको लागि छनोट गरिएको नेपालीलाई कोभिड-१९को स्वास्थ्य परीक्षण गर्न सूचना जारी भएको छ । 

नेपाल आउनको लागि १९ हजार ९ सय ५८ रुपैयाँ तोकिएको छ । यात्रुले नेपालमै टिकट खरिद गर्नुपर्नेछ ।

बंगलादेशबाट नेपाल फिर्नको लागि ८६० जनाले आवेदन दिएका छन् । दूतावासले दोस्रो उडानको लागि पनि सूची बनाइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया