साइकल चलाएर मुम्बईबाट ८ दिनमा धनगढी आइपुगे युवाहरू

८ जुन, नेपाल
कैलालीका ८ जना युवा भारतको मुम्बईबाट साईकलमा यात्रा गर्दै धनगढी आई पुगेका छन् । ८ दिन लगाएर उनीहरु साईकल यात्रा गर्दै धनगढी आई पुगेका हुन् । रोजगारीका लागि भारत पसे लगत्तै लकडाउन सुरु भएपछि उनीहरु विभिन्न दुःखहरु भोग्दै घर फर्किएका हुन् । उनीहरु मध्ये ६ जना वडा नम्बर १४ का र एक एक जना वडा नम्बर १५ र १८ का रहेका छन् ।

भारतको महाराष्ट पुगेको केही दिनपछि नै लकडाउन सुरु भएपछि रोजगारी विहीन हुँदा साईकल किन्नका लागि साथीभाईसँग सरसापटी मागेर घर फर्किएको एक जना युवा उपेन्द्र चौधरीले बताए । खान वस्नके समस्या भएपछि त्यहाँको सरकारले कुनै व्यवस्था नगरेपछि आफुहरु फर्किएको उनीहरुको भनाई छ ।

रोजगारीका लागि उनीहरु भारत पसेको १७ दिनमै लडकाउन सुरु भएपछि उनीहरु वेरोजगार भएका थिए । केही दिन भएको पैसा र केही दिन अरुसँग मागेर खाएका उनीहरु त्यसपछि खानका लागि समस्या भएपछि साईकलमै उनीहरु घर पुगेका हुन् ।
वाटोमा जसले जे दियो त्यही खादै आएको अर्का युवा सागर चौधरीले बताए । उनीहरुले साईकलसँगै पम्प पनि सँगै वोकेर वाटोमा हावा भर्दै अआएका छन् ।

उनीहरुलाई अहिले वडा नम्बर १४ मा रहेको सर्वोदय माविको क्वारेन्टाईनमा राखिएको वडा नम्बर १४ का अध्यक्ष राम बजारी चौधरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया