महिलाले सिन्दूर लगाउनुको वैज्ञानिक कारण यस्तो

काठमाडाैं । हिन्दू  विवाहित महिलाहरूले प्राय सिउँदोमा  सिन्दूर लगाएको हामी देख्न सक्छौं । हिन्दू धर्ममा सिन्दूरको निकै नै महत्व हुन्छ । खासगरि बिवाहित महिलाले सिन्दूरलाई आफ्नो सिउँदोमा लगाउने गर्छन् । हिन्दू धर्मको मान्यता अनुसार विवाहित महिलाले सिन्दूर नलगाएमा अशुभ मानिन्छ ।

सधवा महिला सिउँदोमा सिन्दूर लगाउनु सनातनी हो । पार्वतीको प्रतीकसमेत मानेर लगाइने सिन्दूरलाई पतिको सम्मान र आफ्नो सौभाग्यको प्रतीकका रूपमा लिने गरिन्छ ।

यो त भयो सिन्दूरको धार्मिक मान्यता । यसका अतिरिक्त सिन्दूर लाउनुका वैज्ञानिक कारणसमेत रहेको पाइएको छ । सिन्दूर बेसार र पारोको सम्मिश्रणबाट बनाइन्छ ।पारोमा रक्तचाप नियन्त्रण गर्नुका साथै यौनचाहना बढाउने तत्व रहेको हुन्छ । पारोले मानसिक तनाव पनि कम गर्छ ।

 सिन्दूरमा पाइने पारोमा रक्तचाप नियन्त्रण गर्नुका साथै यौनचाहना बढाउने तत्व रहेको हुन्छ। पारोले मानसिक तनाव पनि कम गर्छ।

सिन्दूर पिट्युटरी ग्रन्थिको माथिल्लो भागमा पनि लगाउने गरिन्छ । जहाँ महिलाका शरीरका अनुुभूतिहरू केन्द्रित हुन्छन् । यसैकारण विधवा तथा अविवाहित महिलाले सिन्दूर नलगाउने गरेको भनाइ छ । 

सिन्दूर लगाउँदा कतिले गलत तरिकाले लगाउने गर्छन् जसले गर्दा श्रीमान श्रीमतीबीचको सम्बन्धमा नकरात्मक असर पर्छ । सिन्दूर लगाउँने पनि केही तरिका छन् । पढ्नुहोस्ः-

सिन्दूर सिउँदोको बीचमै पर्नेगरी लगाउनु

सिउँदोमा सिन्दूर लगाउँदा सधैँ सिउँदोको बीचमै पर्नीगरि लगाउनुहोस् । यदि कुनै महिलाले सिन्दूर लगाउँदा सिउँदोको बीचमा नभई किनारमा पर्नी गरी लगायो भने श्रीमान् बिस्तारै महिलाबाट टाढिन्छन् भन्ने मान्यता रहेको छ ।

छोटो सिन्दुर नलगाउनु

सिन्दूर लगाउँदा सधैँ लामो लगाउनुपर्ने मान्यता रहिआएको छ । लुकाएर लगाइएको छोटो सिन्दूरले श्रीमानलाई असर गर्ने बताइन्छ । भनिन्छ कि यस्तो गरी सिन्दूर लगाउँदा समाज बिस्तारै यस्ता महिलाका श्रीमानदेखि टाढिन थाल्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया