युएईमा अलपत्र नेपालीद्वारा दूतावास घेराउ, प्रहरी लगाएर तितरबितर

८ जुन, युएई ।
लकडाउनका करण युएईमा लामो समयदेखि अलपत्र परेका नेपालीहरुले आइतवार बिहान अबुधावीस्थित नेपाली दूतावासमा घेराउ गरेका छ्न।

आफ्नो समस्या राख्न दूतावासमा गएका बेला दूतावासले स्थानीय प्रहरी लगाएर आफुहरुलाई हटाएको पीडितहरुको बताएका छ्न ।

आफ्ना नजिककालाई मात्र शुक्रबार नेपाल पठाएको भन्दै पीडितहरुले सरकारले आफूहरुको उद्धारमा ढिलाइ गरेकाे प्रति आक्राेश पोख्दै उनीहरुले‌ तत्काल स्वदेश फर्किने वातावरण मिलाउन दूतावासमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहान अफिस खोल्ने समयमा ३०/४० जना पीडित नेपालीहरु दूतावासको गेटमा पुगेका थिए।तर दूतावासको गेट बन्द थियो। आफूहरुले राजदूत त परकाे कुरा दूतावासको कर्मचारीलाई पनि भेट्न नपाएको एक पीडितले बताए।

दूतावासका एक अधिकारीले ठूलो सख्यामा नेपालीहरु दूतावास परिसरमा जम्मा भएको स्थानीय प्रहरीले देखेपछि हुलदंगा नगर्न र सामाजिक दूरी कायम गर्न मात्रै आएकाे बताए । 

दूतावासले युएईमा रहेका नेपालीहरुलाई नेपाल सरकारको प्राथमिकता अनुसार स्वदेश फर्काउने अन्तिम चरणमा पुगेकोले धैर्य रहन सबैमा अनुरोध  गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया