आपद विपदमा काम नलाग्ने दुतावास खारेज गरिदिए हुदैन र ?

७ जुन/नयाँ दिल्ली ,भारत

नेपालमा संविधान जारी गर्दा भारतले गरेको नाकाबन्दीको विरुद्ध प्रधानमन्त्री केपी ओलीले तत्कालीन भारतीय राजदुत रन्जित राय प्रति कटाछ्य गर्दै सार्वजनिक रुपमा भनेका थिए,”राजदुतले जसरी रिपोर्टिङ गर्‍यो, सम्बन्धित देशको परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीले त्यही अनुसार आफ्नो धारणा बनाउछन” । हो, त्यति बेला राजदुत रायको गलत रिपोर्टिङको कारण भारतले नेपाल विरुद्ध नाकाबन्दी लगायो र फल स्वरुप नेपालमा पहिलो पटक चीनबाट तेल आयो र प्रधानमन्त्री केपी ओली चीन गएको बेला नेपालले चीनसग प्रहवान सन्धि गर्‍यो । अहिले भारतमा धेरै नेपाल जानकार भन्छ्न,”नाकाबन्दी गर्नु भारतको ठूलो गल्ती थियो र त्यही गल्तीको कारण आज नेपाल चीन तर्फ ढल्कियो”।

आज नाकाबन्दीको ४ बर्ष पछि भारतस्थित नेपाली राजदुत निलम्बर आचार्यले नेपाल सरकारलाई गरेको गलत रिपोर्टिङको कारण नेपालभर कोरोना सक्रमण फैलिएको छ। राजदुत आचार्यले कोरोनालाई रुघाखोकी जस्तै हल्का रुपमा लिए। भारतमा नेपालीलाई कुनै ठुलो समस्या नपरेको र राज्य सरकारको समन्वयमा सहयोग गरेको अन्तर्वार्तामा मिडियालाई बताए। तर २१० पटक पनि फोन गर्दा नउठ्ने दूतावासको फोन नम्बर र एक बर्ष भन्दा बढी समयदेखि नचलेको सामाजिक संजाल फेसबुकमा आउने प्रवशी नेपालीको दुखलाई राजदुत आचार्य तथा उनको टिमले सुन्ने कुरै भएन। फल स्वरुप धेरै नेपाली कोरोनाको जोखिम मोल्दै हिडेरै बोडरसम्म पुगे र कोहि ज्यानको बाजी लगाएर नदि तरेर जन्मभुमि प्रवेश गरे भने कोहि खुला बोडरबाट लुकिछिपी नेपाल प्रवेश गरे।

दुतावासको लापरबाहीले नेपालमा भुसको आगो झै कोरोना गाउँ-सहर फैलियो कोरोना

नेपाली दुतावासले केन्द्र सरकारसग पहल गरि बेलैमा भारतबाट स्वदेश फर्कन चहाने आफ्ना नागरिकलााई निश्चित नाका तोकि स्वास्थ परिछ्ण गरि नेपाल जाने माहोल बनाएको भए आज नेपालमा सक्रमितको संख्या १०० भन्दा तल हुन्थ्यो। लुकिछिपी भित्री बाटोबाट नगइ सरकारले तोकेको नाकाबाट जन्मभूमि प्रवेश गरी कोरोनटाइनमा नेपाली नागरीक बस्थे तर लकडाउनको पहिलो हप्तमा बोडरसम्म पुगेका आफ्ना नागरिकलाई अपमानजनक रुपमा १४ दिन भारत मै रोकि बल्ल नेपाल फर्केन दियो। भारतमा अधिकाश नेपालीले मार्च १५ पछि तलब पाएनन्, धेरैको जागिर छुट्यो र केहिले तलब पाए पनि ३० देखि ६० प्रतिशतसम्म काटेर तलब पाए। खानलाई अन्न छैन, कोठा भाडा तिर्न पैसा छैन, त्यस कारण धेरै नेपाली कोरोनाको जोखिम मोलेर भए पनि स्वदेश फिर्ता भए । नेपाल फर्कनु रहर होइन बाध्यता भएको छ धेरैलाई। जुन बेला भारतमा कोरोना पहिलो चरणमा थियो, त्यो बेला नेपाल सरकारले आफ्ना नागरिकलाई निश्चित जाच गरि स्वदेश फर्कन दिएको भए आज कोरोनाले नेपालमा कम नोक्सान गर्थ्यो।

मिनि सरकार मानिने दूतावासले दु:ख पर्दा वास्ता गरेन

भारतमा लकडाउन सुरु भए पछि धेरै नेपालीको जागिर छुट्यो। होटल तथा रेस्टुरेन्टमा काम गर्ने, चौकिदारी गर्ने, गेस्ट हाउसमा काम गर्ने नेपाली मजदुरलाई लकडाउनले ठूलो असर गर्‍यो। उपचार गर्न आएका बिरामी र घुम्न आएकाहरु पनि ठूलो समस्या परे। अलपत्र परेका नेपालीले दूतावासमा सहयोग माग्दा दूतावासले सहयोग गरेन। फोन गर्दा नलाग्ने र दूतावासमै पुगी समस्या सुनाउन जादा दूतावास भित्रै पस्न नदिएर अपमान गर्‍यो भारतस्थित नेपाली दुतावासले।अप्ठ्यारोमा परेका धेरैले रबि लामिछानेलाई पनि गुहारे तर एक निजि टिभीका कार्यक्रम संचालक लामिछाने पनि भारतमा २० लाख भन्दा बढी नेपालीलाई कसरी सहयोग गर्न सक्थे र। यदी नेपाल सरकारले दूतावासमा कारेरत कर्मचारी र राजदुतको तलब भत्ता ३ महीना रोक्का गर्दिने हो भने मात्र थाहा पाउथे राजदुत आचार्य तथा उनको टिमले कोरोले दिएको पीडा ।

विज्ञप्तीको भरमा चल्दैछ दूतावास

राजदुतावासले विगत दुई महिनादेखि जो जहाँ छौं, त्यही बसौं भनेर विज्ञप्ति निकालेर उम्किन खोज्दै छ। केही दिन पहिले भारतसङ्गको २० वटा नाकाबाट भारतमा रहेका नेपालीहरु भित्र्याईरहेका छन् भनेर अर्को विज्ञप्ति निकालियो । तर सो विज्ञप्तिमा के- कसरी जाने, को जाने बारे केही उल्लेख भने थिएन । राजदूतावासले विज्ञप्तीमा दिएको नम्बरमा फोन गर्दा कि त फोन लाग्दैन, लागि हाले पनि फोन उठदैन । लकडाउन सुरु भएको दिनदेखि आजसम्म दूतावासले “जहाँ छौ, सुरक्षीत रहौ” भनेर विज्ञप्ती निकाल्नु बाहेक अरु काम केही गरेन।

कोरोना भाइरको परिक्षण गराउन पनि सहयोग गरेन दूतावासले

“केही दिन पहिले दिल्लीमा अध्यनरत नेपाली बिद्यार्थीलाई कोरोना लक्षण देखिँदा राजदुतावसको सहयोगमा परिक्षण गराइदिनु पर्यो भनेर दूतावासमा फोन गर्दा दूतावासले सुरुमा सबै विवरण त माग्यो तर पछि सहयोग गर्न फोन नआएन” हातेमालो नेपाली विद्यार्थी समुहका सभापति रोशन कुमार यादबले बताए । पछि हामी आफैले मिलेर परिक्षण गरायौं र होस्टल बस्ने साथिहरुको समस्या सुनाउदा तपाईंहरु आफै मिलेर सहयोग गर्नुस् भनेर दूतावासका कर्मचारीले बताएको यादवले भने। यदि सबै समस्या हामी आफैले गर्ने भए राजदुतावस के को लागि उनले प्रस्न गरे ।

उद्धारको नाममा बस समितिको ब्रम्ह लुट, दूतावासको मौन स्वकृति

भारत सरकारले बोडरसम्म बस जाने दिन लागे पछि बस समितिले अहिलेउद्धारको नाममा तेब्बर भाडा उठाउदै बोडरसम्म पुराउदै आएका छ्न। दिल्लीबाट बुटवलसम्म १६०० लाग्ने बस भाडा अहिलेको यो महामारीको अवस्थामा बस व्यवसायीहरुले दिल्लीदेखि सुनौलीसम्मको भाडा ४५०० असुल्ने गरेका छन् । यसैगरी अन्यत्र ठाउँबाट पनि उद्धारको नाउँमा नाम चलेका नेपाली ट्राभल्स समितीहरुले नै ब्रम्ह लुट मच्चाएका छ्न। मुम्बईबाट सुनौलीसम्म ७००० तिरेर आएको अर्घाखाँचीका एक युवाले बाताए। बस समितिहरुले बिगतमा पनि दशै जस्तो चाडवाडमा अतिरिक्त ५०० सम्म भाडा बढाउने गरेका थिए तर आजसम्म यो विषयमा दिल्ली स्थित नेपाली राजदुतावासले केही बोलेको छैन । राजदुत आचार्य र दूतावासका कर्मचारी नेपाल आउँदा जादा हवाई यात्रा गर्ने भएकाले पनि यस विषयमा दूतावास कानमा तेल हालेर बसेको छ।

केही भोकले मरे, केहीले आत्महत्या गरे तर दुतवासले रमिता हेर्यो
गत हप्ता दिल्लीमा एक नेपालीको खाना खान नपाएको कारणले निधन भयो। त्यसै गरि मुम्बईमा एकै परिवारका ४ सदस्यले कोरोनाले घरमा खाना खान केही नभएकाले आत्महत्या गरे। यो बारेमा न त नेपाली दूतावासले चासो लियो न त भोकमरी विरुद्ध केही कदम चाल्यो ।दूतावासले यो महामारीमा आफ्नो पर्खाल भन्दा बाहिर निसक्ने कोसिस नै गरेन।

यदि आपत बिपतमा काम लाग्दैन भने भारतमा नेपाली दूतावासको कुनै काम छैन। आफ्ना नागरिकलाई परदेशमा सहयोग गर्ने नाममा खोलेको दूतावासले यदि अप्ठ्यारो पर्दा सहयोग गर्दैन भने दुतावासको के काम, खारेज गर्दिए हुन्छ काम नगर्ने दूतावास ।


फेसबुकबाट तपाईको प्रतिक्रिया