बलिउडका अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ। उनको स्वास्थ्यमा गम्भीर समस्या आएपछि मंगलबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालको आइसियुमा भर्ना भएका थिए। उनी सोही अस्पतालमा अन्तिम सास लिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

उनको निधनबारे बलिउड निर्देशक सुजित सरकारले पुष्टि गरेका छन्। इरफान खान विगत दुई वर्षदेखि विरामी रहेका थिए। उनी एक वर्ष लन्डरमा बसेर क्यान्सरको उपचारसमेत गरेका थिए।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटर हुँदै फिल्म क्षेत्रमा आएका थिए। इरफान अभिनित अन्तिम फिल्म हो अंग्रेजी मिडियम, जुन फिलम अघिल्लो महिना प्रदर्शनमा आएको थियो। सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित फिल्ममा काम गरेका खान बलिउड दर्शककलागि निकै प्रिय थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया