सरकारले आममाफी पाएका,घुम्न गएका र गर्भवतीलाई पहिलो चरणमा नेपाल ल्याउदै, अरुलाइ कहिले त?

७ जुन
शुक्रबार युएईबाट १६९ र म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किए। यी जहाज नेपाल सरकारलको पहलमा आएका होइनन् । यी त सम्बन्धित देशले नै आफ्नो खर्चमा नेपाल पठाइदिएको हो।

खाडी मुलुक विशेष गरि दुबई, कतार, मलेसियामा रहनुहुने नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई लागेको होला सरकारले मलाई किन उद्धार गर्दैन, के म नेपाली नागरीक होइन । कुरा अर्कै छ, अहिले हजुरलाई भन्दा बढी दु:ख परेकालाई सरकारले नेपाल फर्काउदै छ। पहिलो चरणमा आम माफी पाएका, भिजिट भिसामा गएका र गर्भवतीलाई पहिलो प्राथमिकता दिदै नेपाल फर्काउदै छ सरकार। हजुरलाई सरकारले दोर्सो वा तेर्सो चरण नेपाल फर्काउने छ । लगभग २ महिना बढी अहिलेको अवस्थामा बस्नुभयो भने, अझै केही दिन बस्नुहोस। बढिमा एक महिनामा सरकारले विदेशमा दु:खमा परेका सबै नागरिकलाई सुरक्षित तरिकाले नेपाल ल्याउने तयारी गरेको छ ।

नेपाल आउदैमा सुरक्षित भइदैन
धेरैको मन हुन्छ, घर जान्छु, परिवारसग बस्छु। तर १४ दिनसम्म कोरेन्टाइनमा बसेर घर जान पाइन्छ। बिगत एक महिनादेखि नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनप्रती दिन बढदै छ। कोरोना नेपालको गाउँ गाउँसम्म पुगी सक्यो। विदेशमा जस्तो नेपाल उपचार सेवा छैन। कुनै पनि ठाउँ जस्तै जहाज, होटेल, कोरेनटाइनमा बसेको बेला कोरोना सर्न सक्छ त्यसैले यदि सम्भव भएसम्म विदेशमै सुरक्षित तरिकाले बस्नुहोस।

बिस्तारै खुल्दैछ काम
खाडी मुकुल, भारत र अन्य मुलुकले अब बिस्तारै बजार खुलाउदै छन। सधै लकडाउन गरेर देशको अर्थतन्त्र चल्दैन। यदी सबै विदेशी मजदुर स्वदेश फर्कने हो भने केही समय पछि विदेशमा काम गर्ने मजदुर नपाइन सक्छन् , त्यसैले सम्भव भए सम्म केही समय विदेशमै सुरक्षित तरिकाले बस्नुहोस।

नेपाल फर्केपछी फेरि विदेश जान ग्राहो
नेपाल फर्के सकेपछि जबसम्म कोरोना पुरै तरिकाले हट्दैन, तबसम्म वैदेशिक रोजगारीमा जाने कामको सुरुवात हुदैन। विदेशी कम्पनिले पनि आफ्नै मुकुलका नागरिकलाई काममा लगाउछ्न। केहि समय त परिवारसग रमाइलो होला तर दीर्घकालीन रुपमा हातमा पैसा नहुदा धेरैलाई आर्थिक रुपले अप्ठ्यारो पर्न सक्छ। त्यसैले सम्भव भए सम्म केही समय विदेशमै सुरक्षित तरिकाले बस्नुहोस।

खाली दिमाग सैतानको घर
अहिले धेरै नेपाली बेरोजगार भएका छन् स्वदेश तथा विदेशमा, अरु काम केही हुँदैन, मात्र एउटा काम हुन्छ, त्यो हो सरकारलाई गाली गर्ने। भन्छन् नि खाली दिमाग सैतानको घर त्यसैले दिमागलाई खाली नबनाउनुहोस, केही न केही काममा लगाउनुहोस। युटुबमा नयाँ नयाँ कृषि गर्ने तरिका, आध्यात्मिक कुराहरु, नयाँ तथा पुराना फिल्म हरेर समय कटाउन सक्नुहुन्छ। त्यसैगरि गुगलमा गएर आफुलाइ मनपर्ने किताब पढन पनि सकिन्छ। समाजिक संजालमा सधै नकारात्मक नकारात्मक भिडियो हेर्दा जिन्दगी पनि नकारात्मक तरिकाले जान सक्छ, त्यसैले सधै सकारात्मक सोचौ।



फेसबुकबाट तपाईको प्रतिक्रिया