यूएईबाट १५७ नेपाली बोकेर एअर अरबियाको जहाज काठमाण्डौ आइपुग्यो

५ जुन युएई ।
यूएईबाट एक सय ५७ नेपाली लिएर जहाज नेपाल आइपुगेको छ । कोरोनाको कारण समस्यामा परेका एकसय ५७ जना नेपाली एअर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल आइपुगेको हुन् ।

सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

इजादा फ्यासिलिटी म्यानेजमेण्टका कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अन्य नेपालीसहित एकसय ५७ जना छन् ।

अहिले आएका नेपाली नागरिक यसअघि तय भएको सूचीका व्यक्ति उनीहरु होइनन् । यसअघि गर्भवतीसहित अन्य समस्यामा परेका नेपाली ल्याउने तयारी थियो, तर
शुक्रबार आउनलाई तय भएका व्यक्तिसहित अन्यको उडान अब कहिले हुन्छ भन्ने तय भइसकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया