मलेसियाबाट नेपाल फर्कन चाहनेले थप विवरण जम्मा गर्नुपर्ने अत्यन्त जरुरी सूचना

नेपाल दूतावास मलेसियाद्वारा नेपालीलाई स्वदेश फर्कनको लागि थप जानकारी जम्मा गर्नुपर्ने जरुरी सूचना

सूचना यस प्रकार छ
यस दूतावासले यस अघि जारी गरेको अनलाईन फारममा धेरै जनाले आफ्नो विवरण भर्नु भएकोमा हामी आभारी छौ। सो विवरणको आधारमा विभिन्न मुलुकबाट नेपाल फर्कन चाहेका आफ्ना नागरिकहरुलाई नेपाल फर्काउनको लागि नेपाल सरकारले पछिल्लो पटक गरेको निर्णय अनुसार थप विवरण आवश्यक परेको तथा नेपालमा कोभिड-१९ को वढ्दो प्रभाव समेतलाई मध्य नजर गरी नयाँ विवरण लिनु परेकोले पुनः निम्न अनुसारको विवरण उपलब्ध गराउनु हुन पुनः अनुरोध गर्दछौ। पुनः फारम भर्नु परी तपाईहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं। कृपया लिङ्कमा क्लिक गर्नुहोस।

https://docs.google.com/forms/d/e/1FAIpQLSeD5NXRgOhQEIjjZ93aFeC4pyeE8ssMqd98ba7IDcajO3v4-A/viewform

फेसबुकबाट तपाईको प्रतिक्रिया