विदेशबाट नेपाली लिएर आइपुग्यो पहिलो जहाज काठमाडौ, अरु जहाज नि आउदै

५ जुन, नेपाल
विदेशमा अल्पत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने क्रम सुरु भएको छ। म्यानमारबाट नेपालीहरु लिएर पहिलो जहाज काठमाडौंमा आइपुगेको छ।

म्यानमारमा रोकिएका २६ जना नेपाली नागरिक लिएर विहान ९ः५० मा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने भनेको जहाज १०ः४३ मा अवतरण गरेको हो।


नेपालबाट फर्कदा ४३ जना म्यानमारका नागरिक लिएर फर्कने त्रिभुवन विमानस्थलले जनाएको छ ।


त्यस्तै आजै (शुक्रबार) यूएईबाट पनि नेपाली फर्कदै छन्। यूएई सरकारले नै आफ्नो जहाजमा रोजगारमा गएकालाई फर्काउन लगेको हो। नेपाली समय अनुसार यूएईबाट आउने विमान १२ बजे काठमाडौं अवतरण हुने भनिए पनि अब कम्तिमा तीन बजेसम्म विमान आउन नसक्ने भएको एक अधिकारीले बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया