नेपाल जाने टिकट मिलाइदिन्छु भन्दै ठग्न सक्छन, होस गरौ र दूतावासको मात्र भर परौ

के तपाईँ परदेशबाट नेपाल फर्किने आशामा हुनुहुन्छ ?

के तपाईं अहिले अप्ठ्यारोमा हुनुहुन्छ ?

तपाईंको अप्ठ्यारो कसैलाई पैसा कमाउने माध्यम बम्न सक्छ। विदेशमा नेपालीबाट नेपाली नै ठगीएको उदाहरण धेरै छ।

तपाईँलाई कसैले नेपाल जाने टिकट काटिदिन्छु, दूतावाससग मिलेर अरुको भन्दा पहिले नेपाल जने प्रक्रिया मिलाईदिन्छु भन्दै फोन गरेमा सचेत हुनुहोला ।

तपाईँले नेपाल फर्किन दूतावासको फारम भर्नुभएको छ र प्राथमिकतामा पर्नुभएको छ भने तपाईँलाई दूतावासले उडान र टिकट लगायतका बारेमा फोन गरेर आधिकारिक जानकारी दिनेछन् ।

दूतावासको हवाला दिँदै कसैले फोन गरेमा दूतावासमा जानकारी गराउन र ठगीबाट जोगिन दूतावासहरुले अनुरोध गरेका छन् । तपाईँलाई कसैले त्यस्तो प्रलोभन देखाएका आफू रहेको देशमा रहेको नेपाली दूतावासमा इमेल, फोन वा अन्य माध्यममार्फत जानकारी गराउन सकिन्छ ।

दूतावास, नेपाल सरकार र विभिन्न देशबीको समन्वयमा उद्धार हुने रसमस्याका बेला विभिन्न व्यक्तिबाट ठगी हुन सक्ने हुँदा यसतर्फ सचेत हुन अनुरोध गरिएको छ । त्यसैले यस्तो बेला दूतावासको आधिकारिक जानकारीलाई नै आधार मान्नुपर्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया