दुबइबाट २१० र म्यानमारबाट २६ जना नेपाली लिएर चार्टर विमान भोलि काठमाडौं आउदै

४ जुन। नेपाल
सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल ल्याउने काम सुरु गरेको छ ।

यसै क्रममा श्रम र विद्यार्थी गन्तव्य मुलुकबाट समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने क्रम भोलिबाट शुरु हुँदै छ ।

भोलि शुक्रबार संयुक्त अरव इमिरेट्स (दुबइ)बाट २१० जना र म्यान्मारबाट २६ जना नेपाली लिएर सम्बन्धित देशका चार्टर विमान काठमाडौं आउँँदै छन् ।

त्यसैगरि अष्टेलिया र बंगलादेशमा अप्ठ्यारोमा परेका नेपाली विद्यार्थीलाई लिन नेपाल एयरलाइन्स तत्कालै जाने भएको छ।

यसरी फर्किएका नागरिकलाई दुई साता काठमाडौंमै राख्ने र त्यसपछि कोरोना परीक्षण गरेपछि आ–आफ्नो जिल्ला पठाइनेछ । दुई हप्ता काठमाडौंमा बस्न सरकारले होटल र सार्वजनिक क्वारन्टिनको व्यवस्था गर्नेछ । क्वारन्टिनको व्यवस्था सरकारले गर्नेछ भने होटलमा बस्ने कामदारले आफैंले खर्च व्यर्होनु पर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया