उदयपुरमा १२ वर्षीया बालिका गर्भवती, १७ बर्से किशोर प्रकाउ

उदयपुर । उदयपुरमा १२ वर्षे एक बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा १७ वर्षे किशोर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार कटारी नगरपालिका क्षेत्रका १७ वर्षे किशोर पक्राउ परेका हुन् । उनले बालिकाको स्वास्थ्यमा समस्या आएपछि गत आइतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा आठ हप्ताको गर्भ रहेको रहस्य खुलेको बताए ।

बालिकको बयानको आधारमा किशोरलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । कटारी अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डट डा. मुकलेस माधवीले बालिकाको स्वास्थ्य परीक्षण गर्दा गर्भवती भएको पुष्टी भएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया