स्वदेश जान कागजात उपलब्ध गराउन नेपाली दूतावास साउदी अरबको सूचना

साउदी अरब।

कोरोना संक्रमणका कारण समस्यामा परी दूतावासमा विवरण भर्नु भएका नेपालीहरुलाई प्राथमिकताका आधारमा स्वदेश जान सहजीकरण गर्ने निर्णय भएको हुँदा म्याद भएको बहिर्गमन (Exit) भिसा, राहदानीको कपि, विरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र,‌ औषधीको प्रेस्कृप्सन, आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्नेको हकमा कारण सहितको स्वघोषणा, नेपाल जानुपर्ने विध्यार्थीहरुको अध्ययन सकिएको वा विदा आदिको कागजात दूतावासको WhatsApp नं. ०५०००३१७०५ वा राजदूतावासको ईमेल [email protected] पठाउन अनुरोध गरीएको जानकारी नै छ।उक्त WhatsApp नं. मा माथी उल्लेख गरिएका विवरण बाहेक अन्य सन्देश नपठाउन र फोन नगर्नु हुन अनुरोध छ।

अन्य प्रयोजनको लागी (०११४६१११०८, ०५५९३८९६०० (Hotline ) मा सम्पर्क गर्नहुन अनुरोध छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया