राष्ट्रिय जनमोर्चाद्वारा संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता

नेपाल।
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभा सचिवालयका दर्ता गरेको छ ।

प्रादेशिक संरचना र संघीयतासँग सम्बन्धित रहेका संविधानको ९२ ठाउँमा संशोधन माग गर्दै जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैरसरकारी विधेयक दर्ता गरेकी हुन् ।

स्थानीय सरकारलाई स्वायत्त अधिकार दिने र प्रादेशिक संरचना खारेज गर्ने नै आफ्नो मुख्य प्रस्ताव रहेको पौडेलले बताइन् ।

‘स्थानीय सरकारलाई स्वायत्त अधिकार दिने र प्रादेशिक संरचना खारेज गर्ने भन्ने हो । संघीयतासम्बन्धी व्यवस्था रहेका ९२ ठाउँमा संशोधन प्रस्ताव गरिएको छ’ पौडेलले भनिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया