को हुन अमेरिकन प्रहरीद्धारा मारिएका जर्ज फ्लोयड ? कसरी फैलियो मुत्युपछि हिंसा

अमेरिका। अमेरिकामा एक जना अश्वेत अमेरिकन व्यक्ति प्रहरी नियन्त्रणमा मारिएपछि यतिबेला अमेरिका अस्तव्यस्त बनेको छ ।

गत साता एउटा पसलामा सामान किन्न गएका बेला जर्ज फ्लाेयड नामका ति व्यक्तिले २० डलरको नक्कली नोट कोरोबार गरेको आरोपमा  पक्राउ परेका थिए । पक्राउ गरेपछि प्रहरीले घाटीमा आठ मिनेट भन्दा बढी समय घुडाले थिचिरहे पछि उनकाे मुत्यु  हुन पुग्छ । यही घटना भिडियोमा भाइरल भएपछि अमेरिकामा हिसांत्मक प्रदर्शनले उग्र रुप लिएको छ । यो घटनाको प्रदर्शनका क्रममा अहिलेसम्म पाँच  जनाको ज्यान गएको छ भने चार हजार भन्दा बढी पक्राउ परेका छन् । प्रदर्शनकारीले लुटपाट र तोडफोड गर्ने क्रममा अर्बो डलरको सम्पत्ति हिनामिना भएको छ ।

शक्तिशाली मानिएको अमेरिकाको राष्टपति कार्यालय बाहिर भएको ठुलो विरोध प्रदर्शनले राष्टपति डोनाल्ड ट्रम्प बंकरमा गएर बस्नु प¥यो । यतिबेला जर्ज फलोयड अमेरिकामा न्याय र समानताको प्रतिक बनेका छन् ।
गत २५ मे मा जब अश्वेत जर्ज फ्लाेयडलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले लगात्तार घाटीमा घुडाले दबाएपछि उनको नियन्त्रणकै क्रममा ज्यान जान पुग्छ । पछि यो भिडियो अमेरिकाको सबै सोसियल मिडियामा भाइरल हुन पुग्छ । यसपछि नै अमेरिमा सबैतिर हिंसात्मक प्रदर्शनले उग्र रुप लिन पुग्छ ।

को थिए जर्ज फ्लाेयड
जर्ज फ्लाेयड ,४६ अश्वेत नागरिक अफ्रिकी समुदायका थिए । उनि नर्थ क्यारोलिनामा जन्मिएका थिए । पछि उनी टेक्ससको हयुस्टनमा बसाई सरे । पछि उनी काम खोज्ने क्रममा मिनियापोलिस पुगेका थिए ।मिनियापोलिसमा उनी एउटा रेष्टुरेन्टमा सुरक्षा गार्डको काम गर्थे । तिनै रेष्टुरेन्टका मालिकको घरमा भाडामा रहदै आएका थिए । उनको एक पत्नि र ६ वर्षिया छोरी छन् । उनिहरु  टेक्ससको हयुस्टनमा बसोबास गर्छन । फलोयड बिग फ्लोयडको नामले पनि चिनिन्थे । उनलाई मिनियापोलिस सहर निकै मन पथ्र्यो । उनी एथेलेटिक्ससका खेलाडी थिए । विशेष रुपमा उनी फुटबल र बास्केटबलमा उत्कृष्ठ प्रदर्शन गर्थे ।
उनका सहपाठीहरुका अनुसार उनी शान्ति र नम्र स्वभाविका थिए । उनले विद्यालयको पढाई पुर्ण रुपमा पुरा गरेका थिएनन । उनले हिपपप संगीत समुह बनाएका थिए । हयुस्टनमा कामका लागी संघर्ष गर्दा गदै उनी मिनियापोलिस बसाई सरेका थिए । मिनियापोलिसमा उनले रेष्टुरा संगै ट्रक पनि चलाउन थालेका थिए ।

कसरी सुरु भएको हिसांत्मक प्रदर्शन
जर्ज फ्लोयड एउटा पसलमा सामान किन्ने क्रममा २० डलरको नक्कली नोट प्रयोग गरेको आरोपमा पक्राउ पर्छन ,। प्रहरीका अनुसार जर्ज फ्लोयडले ले २० डलरको नक्कली नोट प्रयोग गरेर पसलमा सामान किन्ने कोशिस गरेका थिए । यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । घटना पछि  एउटा भिडियो सबैतिर भाइरल भयो । जहाँ पुलिसले आठ मिनेट भन्दा बढी समय उनको घाटी घुडाले थिचेको देखिन्छ । उनले आफुलाई सास लिन मुस्किल भएको पनि प्रहरीलाई भनिरहेका हुन्छन् । तर प्रहरीले उनलाई छाडदैनन । पछि उनको प्रहरीले थिच्दा थिच्दै ज्यान जान पुग्छ ।

प्रहरीका अनुसार जर्ज फ्लोयडले पक्राउका क्रममा शारीरिक रुपमा बिरोध गरेका थिए । त्यही क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । उनको मुत्युको खबर भिडियो मार्फत सबैतिर आगोको डढलो झै फैलियो । मिनियापोलिसमा २५ मे पछि विरोध प्रदर्शन सुरु भयो । प्रदर्शनकारीले प्रहरीलाई पक्राउ र हत्याको अभियोगमा मुद्धा चलाइनु पर्ने माग गरेका थिए ।घटनामा संलग्न भएको श्वेत प्रहरी डेरेक चाउविनलाई पक्राउ गरिएको छ । उनलाई हत्या र मानिस बन्धक बनाएको आरोप लगाइएको छ। यदी उनि यो हत्याको दोषी पाइए भने ३५ साल भन्दा अधिक जेल सजाय भोग्नुपर्ने छ।घटनास्थलमा रहेका अन्य तीन जना प्रहरी अधिकारीहरुलाई पनि सेवाबाट बर्खास्त गरिएको छ । उनिहरुलाई हत्याको अभियोग भने लगाइएको छैन।

(शिव शर्माद्वारा लेखिएको यो लेख US Nepali Post बाट साभार गरिएको हो)

फेसबुकबाट तपाईको प्रतिक्रिया