नेपालको पहिलो गाउँ जहाँ सम्पूर्ण गाउँलेहरूले पुण रुपमा लकडाउनकाे पालन गर्दै छन्

संसार भरि लकडाउन पूर्ण रुपमा पालना नभएको खबर आइरहेका छन्। छिमेकी राष्ट्र भारतमा त पुलिस प्रशाशनले लकडाउनमा अटेरी गर्दै हिडेका मानिसलाइ बाटोमै कारबाही गरेको भिडियो सामाजिक संजालमा देख्न पाइन्छ। तर बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाको एउटा गाउँमा भने अलग माहोल छ।

यो गाउँ बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिका वार्ड नम्बर-६ पेटरवा भन्ने गाउँ हो। वडा अध्यक्ष मधुसुधन प्रसादको अग्रसरमा यहाँका जनताले लकडाउनलाई पुण रुपमा पालन गरेका छन्। “अरुलाई लाग्छ की अनपढहरूले यो महामारीको अवस्था बुझ्न सक्दैन तर हामीले राम्ररी उहाँहरुलाई बुझायो भने सब जनाले अवश्य बुझ्नेछन् अनी हामीले कोरोनाबाट बाँच्ने मात्र होइन असलमा नेपालमा एउटा सब्य समाजको निर्माण हुनेछ” वडा अध्यक्षले बताए।

यहाँ हरेक काम सामाजिक दुरी कायम गर्दै गरिन्छ। यो गाउँमा पुलिस प्रसाशनले नि वडा कार्यालयलाइ पूण रुपमा सहयोग गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया