बाँके दुर्घटनाः मृतककाे संख्या १२ पुग्याे, २१ घाइतेमा (नामावलीसहित)

काठमाडाैं, १९ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा परी मृत्यु हुनेकेा संख्या १२ पुगेकेा छ ।

भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा आइतवार करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ । उनीहरुको सनाखतको काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताउनुभयो ।

मृतक र घाइते तथा उद्वारमा संलग्नकाे स्वाब परिक्षण गर्ने

बाँके दुर्घटनामा मृत्यु भएका १२ जनासहित २१ जना घाइते सहित उद्वारमा संलग्न सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।नेपालगन्जस्थित भेरी अस्पतलाका मेडिकल सुपरीडेन्ट डा. प्रकाश थापाले मृतक ११ पुरुष, एक महिला गरि १२ जना र २१ जना घाइते सबैको पिसिआर विधिबाट कोरोना भाइरस परीक्षणको गर्न स्वाब संकलन गरिएको जानकारी दिए ।

अस्पतालले दुर्घटनामा मृत्यु भएका सबै र घाइते सबैको स्वाब संकलन गरेर सकिसकेको जानकारी दिदै थापाले उनीहरुको रिपोर्टका आधारमा उद्धारमा खटिएका सुरक्षाकर्मीको पनि स्वाब संकलन हुने बताए ।

बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीपनि खटिएको जानकारी दिए ।

घाइते हुनेहरुको नामावली यस्तो छ 
१. मेघराज केसी (४५) घोराही उपमनपा धर्ना–५, दाङ
२. सुनिल परियार (१७), त्रिवेणी गाउँपालिका ७, रोल्पा
३. वीरेन्द्र परियार (२०) त्रिवेणी गाउँपालिका ७, रोल्पा
४. पुरन परियार (१८) त्रिवेणी गाउँपालिका ७, रोल्पा
५. विष्णु गिरी (३९) दाङ, तुल्सीपुर उपमनपा २ खैरीकोट
६. टिका चलाउने (२९) सारदा नपा ६, कजेरी, सल्यान
७. दिपेश चौधरी (२०) राजपुर गापा ६, ग्रामीखोला, दाङ
८. रुपलाल केसी (२३) तुल्सीपुर उप महानगरपालिका २, खैरीकोट
९. नर बहादुर विक (५२) रोल्पा, कुरेली डालिम गापा
१०. जीवन घर्ती (२१) राजपुर गापा २ रैनिया, दाङ
११. दिल बहादुर विक (४०) टुटु ८ रोल्पा
१२. मिनराज विक (२०) बनगाढ कुपिन्डे नपा ६ घाँजरी, सल्यान
१३. तेज बहादुर बुढाथोकी (४०) सिद्धकुमाख गापा ५ दह, सल्यान
१४. धन बहादुर बोहोरा (१८) सिद्धकुमाख गापा ५, छापडाँडा, सल्यान
१५. लोकेश घर्ती (२८) सिद्धकुमाख गापा ४ चाँदे
१६. दिप बहादुर बुढा (५२) बनगाड कुपिण्डे नपा ६, सल्यान
१७. भरत थापा (२०) गढवा गापा ६ भानपुर, दाङ
१८. शिव भण्डारी (२६) सिद्धकुमाख गापा ४, सल्यान
१९. देवेन्द्र खड्का (१८) सिद्धकुमाख गापा ५ दह, सल्यान
२०. ज्ञान बहादुर बाहोरा (१७) सिद्धकुमाख गापा ५ दह, सल्यान
२१. नाम र ठेगाना नखुलेको

फेसबुकबाट तपाईको प्रतिक्रिया