दिल्लीदेखि सुनौलीको भाडा भारु ४५००, उद्धारको नाममा ब्रम्ह लुट

भारत
अरु बेला दिल्लीबाट बुटवल नेपाल १६०० लाग्ने बस भाडा अहिलेको यो कोरोना महामारीको अवस्थामा बस व्यवसायीहरुले दिल्लीदेखि सुनौलीसम्मको भाडा ४५०० असुल्ने गरेका छन् ।

लकडाउन भन्दा पहिले दिल्लीदेखी पोखरा, काठमाडौं सम्मको भाडा २२००, २३०० लिने गरेका बस व्यवसायीहरुले अहिले भने दिल्लीदेखि सुनौली सम्मको मात्र ४५०० देखि ५००० सम्म भाडा लिने गरेका छ्न।

यसैगरी अन्यत्र ठाउँबाट पनि उद्धारको नाउँमा नाम चलेका नेपाली ट्राभल्स समितीहरुले नै ब्रम्ह लुट मच्चाएका छ्न। मुम्बईबाट सुनौलीसम्म ७००० तिरेर आएको अर्घाखाँचीका एक युवाले बाताए।

यस दुःखद घडीमा पनि सोझा नेपाली मजदुर दाजुभाइ तथा दिदीबहिनीहरु आफ्नै नेपालीबाट लुटिएका छ्न। बस समितिहरुले बिगतमा पनि दशै जस्तो चाडवाडमा अतिरिक्त ५०० सम्म भाडा बढाउने गरेका थिए।

दिल्ली स्थित नेपाली राजदुतावास यस विषयमा कानमा तेल हालेर बसेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया