लकडाउन छ बेलैमा बेलुका खाना खानु

शर्मा जि

लकडाउन छ
बेलैमा बेलुका खाना खानु
त्यसपछी बिस्तारामा तिमी जानू
सिरानीमा अडेस लगाई आराम मानेर
चार्ज गरेको मोबाईल खुसुक्क तानेर
स्क्रीन लक खोल्न औठा छाप भर्नु
त्यसपछी वाईफाई नभए डाटा अन गर्नु
फटाफट फेसबुक ईन्स्टा भाईबर खोलेर
आउ बसौं प्रीया एकछिन च्याटमा बोलेर❣️

तिम्ले उताबाट हाई भन्नु म हेल्लो भनुम्ला
खाना खायौ भनेर केयर गरे जस्तो गरुम्ला
तिम्ले नि उताबाट त्यसै गरि सोध्नु
दिउँसोभरी के गरिस्यो भनेर खोज्नु
त्यसपछी दुईटैका कुरा बताम्ला
१-२ घन्टा यसै यसै कटाम्ला

त्यसपछी हल्का हल्का निद्रा लाग्ला
घरी घरी कुरा गर्ने निहुँले निद्रा भाग्ला
गुडनाईट भनेपछी एकछिन बोलम्ला
मनका कुरा एक अर्का संग खोलम्ला
भोलि चाढै उठि बोलाउने बाचा गरुम्ला
त्यसपछी निद्रादेवीको शरणमा परुम्ला

शर्मा जिको फेसबुकबाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया