दुई दिनदेखि खान नपाएको भन्दै क्वारेन्टाइनमा बस्नेहरुले गाउँपालिका घेरे

नेपाल
दुई दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखकाे भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नेहरुले आइतबार साँझ गाउँपालिका घेरेका छन्।

भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टाइनमा एक हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टाइनमा रहेका राजकुमार खत्रीले आफूहरुले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले नाराबाजीसहित गाउँपालिका घेर्नुपरेको जिकिर गरे।

गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले खानबस्न राम्रो व्यवस्था मिलाइए पनि क्वारेन्टाइनमा बस्नेहरुले दुःख दिएकाले भान्छेहरु भागेको जनाउँदै छलफल गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया