अध्यक्ष पाण्डेको पहलमा उतराखण्डमा अलपत्र १५० बढी नेपाली स्वदेश फिर्ता


भारत । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एवम् नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा भारतको उताराखण्ड राज्यमा ६० दिन देखि अलपत्र अवस्थामा रहेका १५० भन्दा नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई स्थानीय प्रशासनको सहयोगमा नेपाल सफल भएका छन।

अध्यक्ष पाण्डेको सक्रियतामा उताराखण्डको रुध प्रयागमा ६५, उतराखण्डकै अन्य विभिन्न ठाउमा १८, २५ ,३६ गरि १५० जना नेपाली मजदुर जो ६० दिनदेखी कोरनटाइन बसेर नेपाल फर्केन नसक्ने अवस्थामा थिए उनीहरुलाइ नेपाल पठाइएको छ।

दैलेख र कैलाली जिल्लाका निवासी त्यी १८० भन्दा बढी बेरोजगार नेपालीलाई मजदुर दिदिबहिनी तथा दाजुभाइलाई नेपालको स्थानीय तहसग समन्वय गरि उतराखण्ड सरकारबाट अनुमती लिएर नेपाल पुगेपछि PCR चेक गरि पुन गाउँपालिकामा पनि कोरेन्टाइन क्वारिन्टिन राख्ने गरि नेपाल फर्काइदै छ।

यो अभियानमा दक्षिण भारतका महासचिव बिमल बिस्ट, शाखा अध्यक्ष बिबेस शाही, नेपालमा स्थानीय सरकार देरादुनबाट प्रसासनिक सहयोगी पूजा सुब्बा, (सबकी सहेली फाउंडेशन ट्रस्ट) टेकु थापा लगायतको हात रहेको छ।

त्यसैगरी नेपाली जनसम्पर्क समितिले चर्को गाडी भाडाबाट पिडत नेपालीलाई रहात दिने उदेश्यले भारत सरकारसग सरकारी बस र रेलमा नेपालीलाई आफ्नो देश पठाउने बारेमा वार्ता तथा पहल भएको जानकारी दिएको छ। अब यसरी चर्को भाडा लिइ पीडितलाई अझै पीडित बनाउनेलाई कानुनको दायरामा लिएर कडा भन्दा कडा सजाय दिलाउन प्रहरी प्रशासनलाई सहयोग गर्न नेजसका केही सदस्यलाई जिम्मेवारि दिइएको छ।

त्यसै गरि अहिले भारत सरकारले केही काम गर्ने वातावरण बनाइ बनाइरहेकाले नेपालको परिस्थितिलाई बुझी भारतमै बस्न सक्ने अबस्थामा रहेका नेपाली मित्रहरूलाई अहिले नेपालाइ नफर्कनुहुन नेजसले अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया