विदेशबाट आउनेलाइ विमानस्थल मै नि:शुल्क सिमकार्ड

नेपाल।
सरकारले कोभिड १९ महामारीका कारण स्वदेश फर्किन चाहने नागरिकलाई ल्याउन र नेपाल आएपछि उनीहरुको व्यवस्थापन गर्न २६ बुँदे कार्ययोजना पारित गरेको छ । तेस्रो मुलुकबाट ल्याइने नागरिकहरुको व्यवस्थापनको लागि नेपाली सेना खट्नेछ ।

नेपाल आएपछि सन्चार मन्त्रालयले विमानस्थलमै सिमकार्ड नेपाल टेलिकमले निःशुल्क उपलब्ध गराउछ । विदेशबाट आउने मानिससँग आफ्नै सीमकार्ड नभएमा सरकारले नै नि:शुल्क उपलब्ध गराउने निर्णय भएको छ । यसबाट उनीहरुको निगरानी गर्न सजिलो हुन्छ । कसैले पनि यो सीमकार्ड प्रयोग गरिएका मोबाइल ‘अफ’गर्न पाइने छैन।

कार्ययोजना अनुसार विदेशबाट आउने नागरिकले हवाई उडान, यातायात र होटल क्वारेन्टिन खर्च आफैंले व्यहोर्नुपर्नेछ ।

स्थानीय तहका क्वारेन्टिनमा बस्नजानेले भने स्थानीय तहसम्म जाने खर्च र त्यहाँ बस्दा लाग्ने खर्च व्यहोर्नुपर्ने छैन ।

प्राथमिकतामा नपरेका तर नेपाल आउन चाहेकाहरुको हकमा सबै खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नपर्ने बताइएको छ । कतिपय देशबाट हवाई चार्टर्ड गरेर समेत नेपालीहरु आउंदैछन् । उनीहरुले पनि विदेशबाट आउँदादेखि क्वारेन्टिन खर्च समेत सबै आफ्नै खर्चमा गर्ने बताइएको छ ।